Logo

नेपालद्धारा टी–ट्वान्टी सिरिजमाथि कब्जाः युएईविरुद्धको अन्तिम खेल १४ रन जित हासिल गर्दै इतिहास रच्न सफल



काठमाडौं । युएईविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमाथि नेपालले कब्जा जमाएको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १४ रनले पराजित गरेको हो ।

योसँगै नेपालले युएई विरुद्धको टी–ट्वान्टी सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको हो । नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल हारेको नेपालले सिरिजका बाँकी दुवै खेल जितेको हो ।

नेपालले दिएको १०५ रनको लक्ष्य पच्छाएको घरेलु टोलीले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

वर्षा र हावाहुरीका कारण खेल १० ओभरमा छोट्याइएको हो ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए ।

युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्