Logo

मनोनयन गरेका पदाधिकारी खारेज हुने : नेपाली कांग्रेस



काठमाडौं,२९ माघ । । नेविसंघका अध्यक्ष नैनसिंह महरले राजनीनामा दिनुअघि मनोनयन गरेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्याम्पस इकाइ अध्यक्षहरु खारेज गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । महरले हिजो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनु अघि ती पदमा मनोनयन गर्नुभएको थियो ।

नेविसंघका नेताहरुले आज पार्टी कार्यालय सानेपामा देउवालाई मनोनयन खारेज गर्न र ३२ वर्षे उमेर हदसहितको नेविसंघ तदर्थ समिति गठन गर्न ज्ञापनपत्र बुझाएका थिए । यसैबीच, कंग्रेस केन्द्रीय कार्यसमिति बैठक पदाधिकारीलाई स्वत: महाधिवेशन प्रतिनिधि बनाउने या नबनाउने भन्ने विवादमा अड्किएको छ । संस्थापन पक्षका नेताहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेभन्दा फरक ढंगको विधानका लागि प्रस्ताव नआएको बताएपछि इतर पक्षले बिरोध गरेका छन् ।

समावेशी कोटाबाट लाभको पद एक पटक मात्र दिने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन । भोलि दिउँसो १ बजे पुन: बस्ने बैठकमा विधानको टुङ्गो लगाउने सहमति भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । त्यस्तै बैठकले भोलि नै विभिन्न समिति गठनको निर्णय समेत गर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्