Logo

औषधी पसलहरु माछा पसल जस्तै अस्तव्यस्त : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव



काठमाडौं, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औषधी पसलहरु माछा पसल जस्तै अस्तव्यस्त रहेको बताउनु भएको छ ।

औषधी व्यवस्था विभागद्वारा आज जनकपुरमा आयोजित एन्टीबायोटिक लगायतका अन्य औषधीहरुको वैज्ञानिक प्रयोग विषयक कार्यशाला गोष्ठीलाई संबोधन गर्दै उहाँले राम्रा चिकित्सक, अस्पताल तथा उपकरण मात्र भएर सही उपचार हुन नसक्ने उल्लेख गर्नुभयो । गुणस्तरीय औषधी विना सही उपचार संभव नभएको उहाँको भनाई थियो । जीवनरक्षक औषधीको भण्डारणमा ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो । अधिकांश पसलमा औषधीको भण्डारण अवैज्ञानिक तरीकाले गर्ने गरिएको उल्लेख गर्दै उहाँले औषधीको भण्डारण गर्दा हावा, पानी, घाम आदिलाई ख्याल गर्नु पर्ने उल्लेख गर्नुभयो ।

मन्त्री यादवले सीमावर्ती विहार र झारखण्डमा निर्माण हुने गुणस्तरहीन औषधीहरुको चोरी तस्करी रोक्नु पर्नेमा जोड दिनुभयो । सरकारले मान्यता दिएको औषधीमात्र बिक्री गर्न र चिकित्सकको प्रेस्क्रिप्सन विना औषधी बिक्री नगर्न समेत उहाँले आग्रह गर्नुभयो । प्रदेश २ मा अस्पताल, चिकित्सक तथा औषधीको आभाव नभए पनि यस प्रदेशको स्वास्थ्यस्थिती दुर्गम जिल्लाहरु भन्दा पनि खराव रहेको उहाँको कथन थियो ।

मन्त्री यादवले जनकपुर अंचल अस्पताललाई प्रादेशिक अस्पताल, वीरगंज अस्पताललाई केन्द्रिय अस्पताल तथा राजविराज अस्प्ताललाई मेडिकल कलेजको रुपमा विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्