Logo

महानायक मात्र होइन, महादानी पनिः राजेश हमालद्धारा २ करोडको जग्गा दान



काठमाडौं । दर्शकले महानायक राजेश हमाललाई अहिले ठुलो पर्दामा नदेखेको धेरै भयो । हमाल पछिल्ला दिनहरुमा केही टेलिभिजक कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ । को बन्छ करोड पति कार्याक्रम नेपालमा सर्वाधिक रुचाईको कार्यक्रम हो अहिले हमाल त्यो कार्यक्रम सञ्चालन गर्दै आउँनु भएको छ ।

यो बिचमा हमालले ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गर्नुभएको छ । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिनु भएको हो ।

हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेको जनाउनुभयो । भाई राकेश हमाल र सहयोगी सहित पुग्नु भएका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्