Logo

नारी प्रति सर्मपित यो कविताः भिरपाखा नभनी दाउरा र घाँस काट्दै तिमी नारी !



नारी !

नारी उसाका किरण विऊझिनु पहिले घरकाे काम गरि

अनि हतार हतारमा डोको र नाम्लो लिएर झरि

भिरपाखा नभनी दाउरा र घाँस काट्दै तिमी नारी

चुएकाे घरकाे छानाे अनि भत्किएको घर सजाउने ,

अरुको खुशीमा रमाउने,नारी तिमी आफुलाई बिर्सेर !

 

जन्म घर छाेडी पुरै जीवन अर्कामा नाम समर्पित गर्ने

हातकाे ठेला दुखाईकाे पीडा भुलाइ ओठमा हाँसो भर्दै,

अासु र दुखकाे जुनी कटाउने ती नारीलाई के थाहा ?

श्रीमान गुमाएका सेताे वस्र्तमा सजिएका बिधुवालाई सोध

खोलाको किनारमा गिट्टी कुटेर गुजरा गर्ने ती नारीलाई सोध,

नारी अधिकार?!

दाइजोको आरोपमा दिनहुुँ हिसाँमा परेका ती नारीलाई सोध ,

परिवार खाई गाउँबाट बोक्सी भन्दै लेखेटिएका ती अपहेलित नारीलाई सोध ,

आफ्नै घर परिवार सासूबाट हेप्पिने ती बुहारी अनि तिनै बुहारीबाट

निन्दाको नजरमा पर्ने सासुलाइ सोध आखिर के हो नारी अधिकार ?!

नारी दिवसको उत्सब मनाएको देख्दा,अामा तिमीलाई सम्झन्छु

अनि तिम्रो हातकाे ठेला सम्झिएर याे मन भकानिएर अाउछ

तिमी जस्तै अामा यहाँ जमातमा कैयौ गरिब दिन दुखी पिल्सिएका छन

मेरी अामा तिमीलाई नत फेसबुक चलाउन नै अाउछ

फेसबुकभरी नारी दिवसका शुभकामना र फोटा देख्दा याे मन भक्कानिएर आउँछ!

 

देश देखि गाउँ हरेक ठाउँमा नारी हकअधिकार सुनिश्चित गर्दै

अब गाउँगाउँ,घर घरमा नारीभित्र अधिकारकाे ज्योति भर्दै

देश देखि विदेश र समाजमा शोषणको भुमरीमा पर्दै किन ?

बाँच्नु पर्छ नारीहरु आफैभित्र अाफैं मर्दै!

नारी अधिकार छ भने कोखमा रहेको भ्रुणलाई नमारियोस ,

छोराछोरी बीच भेदभाव नगरियोस ,

बाल विवाह मुक्त हाेस अाफ्नै घरपरिवारबाट सिकार नहाेस ,

दाइजो प्रथाकाे अन्त्य हाेस,

ती बिधुवालाई दोस्रो बिबाहको अवसर मिल्नुपर्छ ,

गाउँबाट बोक्सी भन्दै लेखेटिएका ती अपहेलित

नारीलाई बोक्सी जस्ता आरोपबाट मुक्त हुनुपर्छ!

अनि मात्र नारी हकअधिकार उत्सब लाग्छ

(संसार भरि नारी हकअधिकारकाे ज्ञान छर्दै )!!

 

लेखक:- अन्जना बिसुन्के सुर्यविनायक-०५ भक्तपुर

प्रतिक्रिया दिनुहोस्