Logo

जनकपुरका सुनील साहद्वारा अमेरिकाको डलासबाट NRN USA को अध्यक्ष पदमा उम्मेद्वारी घोषणा



अमेरिकाः एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि सुनील साहले औपचारिक रूपमा अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन् । गृहनगर डलासको युलेसमा शनिबार एक कार्यक्रमको आयोजना गरी उनको उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन अमेरिकाको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका साहले ११ बुँदे चुनावी घोषणापत्र जारी गर्दै बर्तमान कार्यसमितिमा रहेर केही महत्वपूर्ण कार्य गरेको र बाँकि काम सम्पन्न गर्न एक कार्यकाल अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको बताए।

उनले एनआरएन अमेरिकालाई समावेसी बनाउन पनि आफ्नो उम्मेद्वारी आएको बताए। एनआरएन अमेरिकाको विभिन्न पदमा रहेर हासिल गरेको अनुभव उपयोग गर्न नेतृत्व दिनका लागि एनआरएन अमेरिकाका सदस्यहरूमाझ अनुरोध पनि गरे ।

उम्मेद्वारी घोषणा समारोहमा सहभागी हुन आएका स्थानीय नेपाली अगुवाहरूले उनलाई जीतका लागि शुभकाना दिदै अग्रीम बधाई पनि दिएका थिए। उनीहरूले साहको उम्मेद्वारीको औचित्य रहेको बताउँदै उनलाई विजयी बनाउँन आग्रह पनि रगरेका थिए।

युलेसको फिसटेल रेष्टेरेन्टमा आयोजित समारोहमा स्थानीय नेपाली डायस्पोराका अगुवाहरूको सम्मानजनक उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्