Logo

राजविराज ७ मा एका बिहानै झुण्डिएर एक पुरुषले गरे हात्महत्या



कृष्ण मण्डल, राजविराजः राजविराज नगरपालिका ७ स्थित घर भएका अन्दाजी ४२ बर्षिय राम दयाल साह झुन्डिएर आत्म हत्या गरेका छन् । आज बिहान करिब ५ः३० बजेको समयमा आफनै घरमा पासो लगाई आत्महत्या गरेको स्थानीयले बताएका छन् । घरायसी झगडाको कारण आत्महत्या गरिएको बुझिएको छ । मृतक साहको ३ छोरी र १ छोरा र श्रीमती रहेका छन् ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्