Logo

पोखराको दुई स्थानमा बम भेटियो



काठमाडौं । पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ ।

पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो ।

प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ ।

केही निजी सवारी साधन फट्टफुट्ट चलेको भए पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । विद्यालय तथा बजार पनि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्