Logo

विराट कोहलीले आईपीएल क्रिकेटमा ५ हजार रन पूरा गरे



काठमाडौँ,१५ चैत्र । रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले आईपीएल क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् । मुम्बईविरुद्ध बिहीबार ४६ रन बनाएपछि उनको आईपीएल क्रिकेटमा ५ हजार रन पूरा भएको हो ।

उनी ४६ रनमै आउट भएर पेभेलियन पनि फर्किए । विराट ५ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि चेन्नई सुपरकिंग्सका सुरेश रैनाले ५ हजार रन पूरा गरेका थिए ।

२००८ सालदेखि आईपीएल खेल्न थालेका विराटले १५७ पारिमा ५ हजार रनको आंकडा छोएका हुन् । आईपीएलमा विराटकाे ४ शतक तथा ३४ अर्धशतक सामेल छन् । उनको वेस्ट स्कोर ११३ रन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्