Logo

लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रहः लगानी गर्नुहोस नाफाको सुनिश्चितता सरकारले गर्छ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुइदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्नुभएको छ । । त्यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलनमा सहभागीलाई स्वागत गर्दै नेपालले लगानी पर्खिरहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत गर्ने समेत बताउनुभयो ।

नेपालमा लगानीका लागि धेरै क्षेत्र रहेको बताएउँदै नेपालको विकासको लागि हुने लगानी परस्पर साझेदारीका लागि हुने बताए । उनले चालु सम्मेलनका क्रममा ७५ वटा परियोजनाहरु प्रस्ताव गरिएको बताउनुभयो । उहाँले देशमा नयाँ संविधान आएपछि तीन वटै तहका निर्वाचन भएको उल्लेख गर्दै अहिलेको सरकार प्रजातान्त्रिक तरिकाले निर्वाचित भएको समेत उल्लेख गर्नुभयो ।
नेपालमा पूर्ण स्वतन्त्रता रहेको उल्लेख गर्दै हिंसालाई कुनै पनि स्थान नरहेको बताउनुभयो । उहाँले लगानीकर्तालाई आश्वस्त पार्दै भने,“नेपालमा हिंसालाई कुनै स्थान छैन ।” उनले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्