Logo

आईपीएल : राजस्थान र बेंग्लोरको खेल आज



काठमाडौं,१९ चैत । इण्डियन प्रिमियर लिग (आईपीए)लमा मंगलबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर आमने सामने हुँदैछन् । राजस्थानको घरेलु मैदान जयपुरमा हुने खेलमा दुवै टोली जारी लिगमा पहिलो जितको खोजीमा हुनेछन् ।

भारतीय क्रिकेट कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंग्लोर र युवा स्टार अजिंक्या राहणेको नेतृत्वमा रहेको टिम राजस्तानसँग एक से एक स्टार खेलाडी छन् । तर, नतिजा अपेक्षाकृत निस्कन सकेको छैन ।

दुवै टिमले यसअघि तीन–तीन खेल खेलेका छन् । तर, तीनै खेलमा पराजित भएका छन् । अंकतालिकामा राजस्थान सातौं र बेंग्लोर आठौं स्थानमा छन् ।

राजस्थान र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार मंगलबार राति सवा ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्