Logo

संघीयता कार्यान्वयनमा सरकार असफल : शशांक



लमजुङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

मंगलबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले संघीयता कार्यान्वयन असफल दिशातर्फ अघि बढेको जिकिर गरे ।

वर्तमान सरकारले विकास निर्माणदेखि सबै निकायमा केन्द्रिकृत हस्तक्षेप गरेको उनको आरोप थियो ।

नेता कोइरालाले संविधानले स्थानीय र प्रदेश सरकारलाई दिएको अधिकार प्रधानमन्त्रीले आफैंमा केन्द्रित गरेर संघीयतालाई असफल बनाउन लागेको तर्क गरे ।

संविधानले दिएको अधिकार प्रदेश र स्थानीय सरकारमा प्रत्यायोजन गर्न सरकारले आनाकानी गर्न नहुने उनको भनाइ थियो ।

सरकारले विकास निर्माणका काम नगरी सपनामात्रै बाँडेको भन्दै उनले आलोचना गरे । #ImageKhabar

प्रतिक्रिया दिनुहोस्