Logo

हिजो गएको हावाहुरीले जनकपुरमा वितण्डा मचाएपछि … (फोटो फिचर)



जनकपुरः हिजोराती आएको हावाहुरीले धनुषा जिल्लामा वितन्डा मचाएका छन् । विजुलीबत्तीको पोल ढालेका छन् भने सडकको छेउमा राखिएको कठघारालाई हावाले ढलाएका छन् । बाटोका ठुलटुला रुखहरु समेत ढलेका छन् । जनकपुर १६ मा रहेको कपिलेश्वर टोलमा बढी क्षति पुगेको छ । विजुलीबत्तीको पोल ढलेको हुनाले सो क्षेत्रमा बत्ती काटिएको छ । गर्मीको समयमा बत्ती काटिएको हुनाले जनताले सास्ती भोग्नु परेको छ । त्यस्तै घरको कौशीमा राखिएको पानी ट्यांकी पनि हावाले उडाएका छन् ।

प्रतिक्रिया दिनुहोस्