Logo

आइतबार देशभरिको मौसमयस्तो छ



काठमाडौं । देशभरको मौसम आइतबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशभरिको मौसम आंशिक बदली हुने र अपरान्ह आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

विशेष गरी मध्य र पश्चिमको पहाडी क्षेत्र तथा पूर्वका इलाकामा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ । प्रि–मनसुनको समय भएकाले मौसम यस्तो भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्