Logo

प्रदेश २ सरकारको पहिलो निर्णयः सहिद परिवारलाई रोजगार र घाइतेलाई क्षतिपुर्ति दिने घोषणा किन पुरा भएन ?



जनकपुरः मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च तथा क्षतिपूर्ति दिने  निर्णय ।

प्रगति : मन्त्रिपरिषद्ले अहिलेसम्म मधेस आन्दोलनका ५२ सहिद परिवारका एक–एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । तर, अहिलेसम्म दुई सहिद परिवारका सदस्यले मात्र रोजगारी पाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयमा उनीहरूलाई रोजगारी दिइएको छ । ‘सरकारले करार विधेयक ल्याउँदा संघीय सरकारले झमेला ग-यो, त्यसैले सबैलाई रोजगारी दिन सकिएको छैन, चाँडै दिन्छौँ,’ आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले भने । मधेस आन्दोलनमा कति घाइते भए भन्ने सरकारसँगै आधिकारिक तथ्यांक छैन । अहिलेसम्म डेढ सय घाइतेलाई क्षतिपूर्ति दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । #नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्