Logo

समृद्धका लागि व्यवसायिक र गुणस्तरीय शिक्षा अनिवार्य शर्तः झलनाथ खनाल



काठमाडौंः पूवप्रधानमन्त्री तथा नेकपामा नेता झलनाथ खनालले समृद्ध नेपालको लागि व्यवासायिक शिक्षा अनिवार्य शर्त भएको बताउनु भएको छ । शनिवार काठमाडौैंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताउनु भएको हो । उहाँले ईतिहासको विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र स्थापनाको लागि आन्दोलन गर्नु परेको जिकिर गर्दै अब राजनीतिक आन्दोलन सम्पन्न भएको र मुलुकले स्थायी सरकार प्राप्त गरेको हुनाले शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

इतिहासको कालखण्डमा राजनीतिक परिवर्तनका लागि आन्दोलनमा बढी समय व्यतित गर्नु पर्यो । अहिले मुलुकमा दुई तिहाईको स्थायी सरकार छ । उनले भने, सरकारले समृद्ध नेपालको परिकल्पना गरेको हुनाले व्यवसायिक शिक्षामा जोड दिनुको विकल्प छैन ।

एकाइसौं शताब्दीमा प्रविधिमा आधारिक शिक्षा आवश्यक छ । शिक्षा र प्रविधिलाई एक साथ जोडेर विश्वविद्यालय र विद्यालयमा स्तरीय पढाईका लागि राज्यले समायानुकल नीति नियममा गर्नुपर्ने परिवर्तनका लागि आफुले सक्दो प्रयास गर्ने, उहाँको कथन थियो ।

कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै नेता खनालले भन्नु भयो, प्रत्येक बर्ष १ लाख भन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेश जाने गरेको छ, यसबाट राज्यको मोटो रकम समेत विदेशिएको छ, यो गम्भीर चिन्ताको बिषय हो ।

उक्त कार्यक्रमका सभापति तथा ड्रिम डेस्टिेनी एडुकेशनका अध्यक्ष बुद्धि रेग्मले लाखौं नेपाली विद्यार्थी अध्ययनका लागि बिदेश गएझै सरकारले आवश्यक नीति नियम र सहयोग गर्न तत्परता देखाए अध्ययनका लागि बिदेशबाट हजारौंमा संख्या विद्यार्थी नेपाल ल्याउन सकिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जान रोक्न कठिन कार्य भएपनि न्यून गर्न सकिने दाबी गर्दै अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थीहरुलाई ब्राण्ड एम्बेसडरको रुपमा परिचालन गर्न सके त्यही श्रोत प्रयोग गरी बिदेशी विद्यार्थी अध्ययनका लागि नेपाल ल्याउन सकिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ३ जना विशेषज्ञहरुले नेपालको वर्तमान शिक्षाको बारेमा पेपर प्रस्तुत गर्नुभएको थियो । उनीहरुले नेपालको शिक्षा पद्धती समय सापेक्ष नभएको दाबी गर्दै शिक्षा पद्धति परिवर्तन र परिमार्जनको विकल्प नरहेको निष्कर्ष निकाल्नुभयो ।

कार्यक्रममा विगत लामो समय देखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सन्चारक्षेत्रबाट योगदान पुरयाउने टेलिभिजन पत्रकार अनन्त अनुराग र अर्का शिक्षा क्षेत्रमा विगत लामो समय देखि कलम चलाउँदै आउनु भएका पत्रकार प्रकाश सिलवाललाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्