Logo

सरकारी जग्गा व्यक्तिकाे नाममा पास गराइिदएकाे अभियाेगमा क‌ंलकी मालपाेतका अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा



काठमाडौं, १३ जेष्ठ । मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमालसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

चन्द्रागिरि नगरपालिकामा रहेको पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा पास गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत रिमालसहित नायब सुब्बा हरिप्रसाद आचार्य, मिनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

काठमाण्डौको साविक बाँडभन्ज्याङ गाविस वडा नम्बर ३९ ‘क’ को कित्ता नं. १ सय १ को ९२ रोपनी २ आना जग्गा कम्पनीको नाममा पुर्जा उपलब्ध गराएको अख्तियारले दाबी गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी कसुर गर्दाको समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसार दुई करोड २१ लाख १० हजार रुपैयाँ लिन खोजेको देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्