Logo

कानुन र शान्ति विरोधी गतिविधि कुनै पनि सर्तमा क्षम्य नहुने : गृह मन्त्रालय



काठमाडौं, १३ जेष्ठ । गृह मन्त्रालयले कानुन र शान्ति विरोधी गतिविधि कुनै पनि सर्तमा क्षम्य नहुने जनाएको छ । सोमबार अपरान्ह गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै हिंसात्मक तथा विध्वंसात्मक गतिविधिमा संलग्न नहुन विप्लव समूहलाई चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राजनीतिक अभ्यासमार्फत आमनागरिकका मुद्दालाई सम्बोधन गर्ने संवैधानिक प्रावधान विद्यमान रहेको अवस्थामा निर्दोष नागरिकको जीउ धनमाथि सांघातिक आक्रमण गर्ने, सर्वसाधारणलाई आतंकित हुने गरी विष्फोट गराउने, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने जस्ता अमानवीय एवं जघन्य घटनाप्रति गृहमन्त्रालय घोर भत्र्सना गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्