Logo

LIVE Update: संसदमा बजेट पेश, केके छन् कार्यक्रम ?



काठाडौं । सरकारले आज आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् ।

  • चालू आर्थिक वर्षमा सबै सूचक राम्राे छ । ७ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान : अर्थमन्त्री

  • राजनीतिक उपलब्धीको जगमा वर्तमान सरकार समृद्धि हासिल गर्न अघि बढेकाे छ : अर्थमन्त्री ।

  • चालू आर्थिक वर्षको बजेट कार्यान्वयनकाे प्रतिफल देखिन थालेकाे छ ।

  • आगामी वर्षमा दुई अंकको आर्थिक बृद्धिदर हासिल हुने आधार तय भएकाे छ : अर्थमन्त्री

  • नीति तथा कार्यक्रम, दीगाे विकास लक्ष्य र पन्ध्रौ योजनालाई आधार बनाएर बजेट तयार पारेकाे छु : अर्थमन्त्री

  • चालू आर्थिक वर्षमा सबै सूचक राम्राे छ । ७ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान : अर्थमन्त्री

  • चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेकाे छ । उद्योगकाे क्षमता विस्तार हुँदै गएकाे छ । भाैतिक प्रगति उत्साहजनक छ : अर्थमन्त्री

  • निजी लगानीकाे कारण व्याजमा केही चाप छ । यो समस्या सुधार हुँदैछ ।

  • चरम गरिबीको अन्त्य सामाजिक सुरक्षाको विस्तार । उत्पादको विकास । बजेटकाे प्राथमिकता । रोजगारीको सिर्जना र आय बृद्धि ।

  • नागरिकलाई अनुभूति हुने सुशासन प्रवर्द्धन गर्नु बजेटकाे उदेश्य : अर्थमन्त्री ।

  • मापदण्डअनुसारका आयोजनाहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना बनाएकाे छु : अर्थमन्त्री

  • राजस्व बाँडफाँडतर्फ प्रदेश र स्थानीय १ खर्ब ३० अर्ब बाँडफाँड हुने अनुमान ।

  • प्रदेश र स्थानीय तहले पहिचान गरेका आयोजनाकाे लागि १० अर्ब समपुरक अनुदान

  • शिक्षा : माध्यमिक तहसम्म निशुल्क शिक्षा ।

    माध्यमिक तहसम्मको लागि खुला विद्यालय ।

    ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने ।

    राष्ट्रपति शिक्षा सुधार काेष सञ्चालन गरिनेछ ।

  • नेपाल सरकारबाट उपलब्ध गराइने छात्रवृत्तिलाई एकीकृत गरिने ।

  • आधारभूत तहमा रंगिन पाठ्यपुस्तक २ अर्ब विनियोजन ।

  • २ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने ।

  • २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने ।

  • विद्यालयहरुलाई अपांगमैत्री बनाइने ।

  • सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड निशुल्क ।

  • ८३ हजार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने ।

  • मदन भण्डारी प्रगौद्यिक विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गर्ने ।

  • विज्ञान तथा प्रविधि : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको लागि १ खर्ब १० करोड ।

  • सबै जिल्लामा स्थास्थ्य बीमा गर्न

    ६ अर्ब बिनियोजन ।

  • ५२ हजार स्वास्थ्य स्वयमसेविकाहरुलाई वार्षिक ३ हजार यातायात भत्ता दिन बजेट विनियोजन ।

  • स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा ३ हजार रुपैयाँ यातायात खर्च दिइने

  • सबै स्थानीय तहमा न्यूनतम एक चिकिस्तक उपलब्ध हुने व्यवस्था गर्न ५ अर्ब विनियोजन ।

  • सबै प्रदेशमा एक अस्पतालमा विशिष्टिकृत सेवा उपलब्ध गराउने । अहिलेका अस्पतालकाे स्तरोन्नति गर्न बजेट विनियोजन ।

  • स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न ५ अर्ब विनियोजन

  • राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड विनियोजन ।

  • बीर अस्पतालाई सुधार गर्न ४० करोड विनियोजन ।

  • तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याइने ।

  • सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान पूर्णरुपमा निधेष गरिने ।

    स्वास्थ्य र जनसंख्या क्षेत्रको लागि ६८ अर्ब ७८ करोड विनियोजन ।

  • प्राथमिक अस्पतालमा २४ सै घण्टा ‍आधारभूत स्वास्थ्य सेवा ।

  • आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई खानेपानीकाे सुविधा पुर्याउने घोषणा ।

    मेलन्ची खानेपानीलाई ७ अर्ब विनियोजन ।

  • खानेपानी र सरसफाई क्षेत्रमा ४३ अर्ब ४६ करोड बजेट विनियोजन ।

  • बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा लगाइने ।

  • बजेट भाषण : विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय

  • राेजगार सेवा केन्द्रमा दर्ता भएकाहरुलाई स्थानीय विकास निर्माणमा लगाउनुपर्ने । राेजगारी कार्यक्रमकाे लागि ५ अर्ब १ करोड

  • वैदेशिक राेजगारीकाे जानेकाे लागत राेजगारदाताबाटै उठाइने ।

    श्रम र राेजगारीमा ७ अर्ब १४ करोड बजेट ।

  • बृद्धभत्ता ३ हजार पुग्यो । #Budget2076

  • गर्भावस्थादेखि बृद्ध अवस्थासम्मलाई सामाजिक सुरक्षा उपलब्ध गराइने ।

  • हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खाेल्ने निर्णय ।

  • ७० वर्ष माथिका जनताकाे बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर ।

  • बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने ।

  • याेगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम । यसकाे लागि ६४ अर्ब ५० करोड विनियोजित ।

  • आगामी वर्ष युवा परिचालनकाे वर्षको रुपमा मनाइने ।

  • आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनकाे आयोजना गरिने ।

  • वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने

  • देशभरका बाल मन्दिरकाे सुधार गरिनेछ : अर्थमन्त्री ।

  • निजामति सेवाका कर्मचारीका लागि बनाइएकाे शिशू स्याहार केन्द्रलाई सबै प्रदेशमा विस्तार गरिने ।

  • कृषि :

    कृषि सामग्रीमा अनुदान । यान्त्रिकरणमा पुँजीगत अनुदान ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई बजेट ।

    फापर र भटमासकाे जाेन बनाइने ।#Budget2076

  • दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने । #Budget2076

  • कृषि :

    कृषि सामग्रीमा अनुदान । यान्त्रिकरणमा पुँजीगत अनुदान ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई बजेट ।

    फापर र भटमासकाे जाेन बनाइने ।#Budget2076

निजामति सेवाका कर्मचारीका लागि बनाइएकाे शिशू स्याहार केन्द्रलाई सबै प्रदेशमा विस्तार गरिने ।

  • तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत ।

  • रासायनिक मलमा दिइने अनुदान बृद्धि ।

  • मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन ।

  • आगामी ५ वर्षमा फलफुल बाली दोब्बर बनाइने ।

  • सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्राेत्साहन गरिने ।

  • सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने ।

  • कबुलियत र सामूहिक खेतिमा प्राेत्साहन गर्न ५० करोड विनियोजन ।

  • कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन

  • सुनकाेशी मरिनलाई राष्ट्रिय गौरवकाे रुपमा विकास गर्न २ अर्ब ५ करोड ।

प्रतिक्रिया दिनुहोस्