Logo

सरकारले ल्यायो १५ खर्ब ३२ अर्ब ९६ करोड रूपैयाँको बजेट



काठमाडौंः सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका हुन्। राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा अर्ब बजेट बढाउँदै वितरणमुखी बजेट ल्याइएको छ। योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपैयाँ बजेटको सिलिङ दिएको थियो।

बजेटमार्फत अर्थमन्त्री खतिवडाले कार्यन्वयन हुनै नसक्ने दर्जनौं कार्यक्रमहरु समावेश गरेका छन्। जसका कारण आगामी आर्थिक वर्षमा पनि पूँजीगत खर्च बढ्नेमा आशंका उब्जिएको छ भने वितरणमुखी बजेटका कारण खर्च धान्न सरकारलाई मुस्किल पर्ने समेत देखिएको छ।

सरकारले बजेटमार्फत वृद्धभत्ता वृद्धि गरिएको छ भने सांसदहरुलाई पनि स्थानीय पूर्वाधार साझेदार कार्यक्रममा समेत सांसदले पाउने बजेट ४ करोडबाट वृद्धि गर्दै ६ करोड रुपैयाँ पुर्‍याइएको छ। यस्तै, कर्मचारीको तलव २० प्रतिशतसम्म वृद्धि गरिएको छ। जसका कारण अर्बौंको भार थपिएको छ।

#काठमाडु प्रेसबाट

प्रतिक्रिया दिनुहोस्