Logo

उपत्यकाभरी आइतबार सार्वजनिक विदा



काठमाडौं । जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

त्यस दिन भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइनेछ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।

कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्