Logo

आज मेघ गर्जन र हावाहुरीसहित वर्षा



काठमाडौं । आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पुर्वी तथा मध्य भुभागका केही स्थानहरुमा र पश्चिमी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यसैबीच, आज राति देशको पुर्वी भुभागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्