Logo

प्रचण्ड लोकसेवा आयोग विज्ञापनको विपक्षमाः विज्ञापन कानून बमोजिम नभएको ठहर



काठमाडौं : नेकपामा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले लोसेवा आयोगले गरेको विज्ञापन संविधान सम्मत नभएको बताउनु भएको छ । जेठ २७ गते तराई मधेश राष्ट्रिय परिषद र संयुक्त विधार्थी संघर्ष समितीको तर्फबाट ज्ञापन पत्र बुझाउन गएका समुह सँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले लोकसेवा आयोगले गरेको विज्ञापन कानून सम्मत नभएको जिकिर गर्दै संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

ज्ञापन पत्र बुझाउन गएका टोलीले नेकपा अध्यक्ष पुष्प कमल दहाल संग उंहाको निवास खुमुलटारमा भेट गरि लोकसेवा आयोगले निकालेको विज्ञापन पनि ध्यानाकर्षण गराउँदै १५ पन्नाको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

टोलीले नेपालको संवधिनले सुनिशच्चित गरेको समानुपातिक समावेशीको सिद्धानतको मर्म विपरित लोकसेवाको विज्ञापन रहेको हुनाले यसलाई तत्काल रोकी संसोधन गरेर सबै कलस्टरलाई मान्य हुने गरि विज्ञापन निकाल्नु पर्ने आग्रह प्रचण्ड समक्ष गरेका थिए ।

अध्यक्ष प्रचण्डले लोकसेवा आयोगको विज्ञापन कानुन बमोजिम नरहेको र यसलाई संसोधन गर्न आफुहरू सकारात्मक भुमीका निभाउने आश्वासन दिनु भएको थियो ।

टोलीमा मधेश राष्ट्रिय परिषदको तर्फबाट सरोज राय, संयोजक सिएन थारू, अधिवक्ता विकाश ठाकुर तथा संयुक्त विधार्थी संघर्ष समितीको तर्फबाट संयोजक देव नारायण यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्