Logo

गुठी विधेयकको विरोध गर्न १ लाख जनता आज माइतीघरमा जम्मा हुने



काठमाडौं : सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि त्यसविरुद्धको आन्दोलन नरोकिने भएको छ । विधेयक खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा होमिएका गुठीयारहरुले आन्दोलन जारी राख्ने भएका हुन् ।

उनीहरुले सरकारले गलत व्याख्या गरेर झुक्याउन खोजेको भन्दै आज माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम नरोक्ने भएका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले आज हुने विरोध आन्दोलन यथावत नै रहने जानकारी दिए ।

यस्तै, गुठी विधेयक विरुद्ध आन्दोलन गरिरहेका संघसंस्थाहरुले सरकारले विज्ञप्ति जारी गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।नेवाः राष्ट्रिय मोर्चाले आज सरकारले शब्द जालमा फसाउन खोजेको भन्दै मंगलवार बुङ्गमतीमा साँझ निर्धारित कार्यक्रम अनुसनर नै मसाल जुलुस निकालेको थियो । गुठी विधेयक विरुद्ध आन्दोलन गरिरहेकाहरुले प्रधानमन्त्रीको भाषाको पनि विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्