Logo

जेलरको आदेशमा चौधरीलाई इन्स्पेक्टरले नेल लगाएको खुलासा



काठमाडौं। राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेल खोलेर उपचार गराइएको छ ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएसंगै छानविन शुरु भएको छ ।

चौधरीलाई जेलरको आदेशमा नेल लगाइएको प्रहरी अधिकारीहरूले बताएको जेल प्रशासन स्रोतले वतायो  । डिल्लीबजार कारागारका जेलर अर्जुन पोखरेलको आदेशमा चौधरीलाई नेल लगाउने निर्णय गरिएको वताइएको छ ।

चौधरी भाग्न सक्ने भन्दै जेल प्रशासनले नै उनलाई अस्पतालमा समेत नेल लगाउने निर्णय गरेको थियो ।

तर, यो विषय प्रहरीको क्षेत्राधिकारमा पर्दैन  । गृह मन्त्रालयले जेलर अर्जुन पोखरेल र इन्स्पेक्टर पुरुषोत्तम थपलियामाथि नेल प्रकरणमा स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्