Logo

भोलि नेपाल बन्द: हत्याको विरुद्धमा विप्लव माओवादीद्धारा नेपाल बन्दको घोषणा ( विज्ञप्ति सहित )



काठमाडौंः  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । ‘विप्लव आफ्ना पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थियो । आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको थियो ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्