Logo

आप्सा नेपालद्धारा विद्यालयमा घरेलु आगलागि नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम



काठमाडौंः एसिया प्यासिफिक सेक्युरिटि एसोसियन (आप्सा) नेपालले एल आर आई बिद्यालय कंलकीमा एक दिने “समुदायमा आधारित बिपद जोखिम न्युनिकरण अन्तर्गत घरेलु आगलागि नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम“ संचालन गरेको छ । आप्सा नेपाले बिहीबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा एल पि जि सिलिण्डरको सुरक्षा सम्बन्धी जानकारी आगलागी नियन्त्रण बिधी, फायर एक्सिटिङ्गुसरको प्रयोग बिधि सम्बन्धी एक दिने सैद्धान्तिक र ब्यबहारिक तालिम सन्चालन गरेका हुन ।

काठमाण्डौ दमकलका पुर्ब प्रमुख तथा अग्नि नियन्त्रक किशोर कुमार भट्टराई प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा सहआयोजकको रुपमा ज्ञानोदय पुर्ब बिद्धार्थी समाजको रहेको थियो । बिद्यालयका प्रमुख शिबराज पन्तले आप्सा नेपालको यस कार्यको सराहना गर्दै उक्त विद्यालयमा मात्र नभएर समग्र समाजले लाभ लिन सक्नु पर्नेमा जोड दिए ।

आप्सा नेपालका महासचिव निर्मल भट्टराईले समेत यस्तो किसिमको थप कार्यक्रम लिएर गाँउ देखि शहर सम्म जनचेतना कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्