Logo

सप्तरी क्षेत्र नं. १ मा नेकपाबाट बामदेव गोत्तमलाई उम्मेदवार बनाउन माग



काठमाडौंः नेकपाका नेता बामदेव गौत्तमलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन माग गरेका छन् । सप्तरी क्षेत्र नं. १ बाट तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजिनामा दिएपछि उक्त क्षेत्र खाली भएपछि अब को उम्मेदवार हुने विषय चर्चामा रहेको छ । यता जनमत पार्टीका सिके राउतको नाम पनि चर्चा रहेको छ ।

नेकपा प्रदेश २ नम्बरका सचिव तथा राज्य सभाका सांसद सुमन प्याकुरेले सप्तरी क्षेब नम्बर १ मा बामदेव गोत्तमलाई उम्मेदवार बनाउन माग गरेका छन् । सप्तरी १ नम्बर क्षेत्रका सांसद माननीय यादवले राजिनामा दिनु भएको छ । उनले भने, अब क्षेत्र खाली भएको हुनाले पार्टीका नेता बामदेम गोत्तमलाई उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउन माग गर्दछु ।

पार्टीले बामदेव गोत्तमलाई उम्मेदवार बनाउन तयार भए आफुहरु उहाँलाई जिताएर पठाउने पक्का छ, उनले भने ।

नेकपा पार्टी श्रोतले दिएको जानकारी अनुसार, बामदेव गोत्तमलाई सप्तरी क्षेत्र नम्बर १मा उम्मेदवार बनाउने वा नबनाउने बारे कुनै ठोस निर्णय नभएपनि राजनीतिमा सम्भावनालाई नर्कान नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्