लिम्पियाधुरालाई समेटेर बन्ने भयो नेपालको नयाँ नक्सा

काठमाडौं । भारतले एकलौटी रुपमा नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले पनि भारतलाई त्यस्तै जवाफ दिने भएको छ । कुटनीतिक पहलवाट समाधान खोज्न लागेको नेपालको प्रयासलाई भारतले वेवास्ता गरेपछि अब नेपालका तर्फवाट पनि त्यसरी अब नयाँ नक्सा सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली भूभाग मिचिएको विषयमा समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग छलफलका लागि पठाउन लागेका थिए । तर भारतले त्यसका लागि चासो दिएको छैन । सरकारले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा बनाउने भएको छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले सो कुराको पुष्टि गरेकी छन् । उनले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी हुन् ।

अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका कारण त्यसलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरिने मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा रहेको र त्यसका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गर्ने देखिन्छ’, मन्त्री अर्यालले भनिन् । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालाले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनले बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE