‘पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेश राजधानीबाटै गर्छौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताए ।

प्रदेश नम्बर १ को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तारोन्नति आवश्यक रहेको औंल्याए ।

WRITE COMMENTS FOR THIS ARTICLE