मुम्बई । बेलायतको एक पत्रिकाले अभिनेत्री आलिया भट्टलाई एसियाकी सर्वाधिक कामुक महिलामा छानेको छ।

‘इस्टर्न आई’ नामक पत्रिकाले गरेको सर्वेक्षणमा अभिनेत्री भट्टले शीर्ष स्थानमा कब्जा जमाउँदा गत वर्षको पहिलो नम्बरमा आएकी अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उछिनेकी छिन्। ‘म वास्तविक सुन्दरतामा विश्वास गर्दछु। उमेरसँगे सुन्दरता र शारिरीक बनावट परिवर्तन हुन्छन्। सुन्दर हृदयले मूल्यांकन गर्ने सुन्दरतामा म विश्वास गर्दछु,’ अभिनेत्री भट्टले भनिन्।

५० कामुक महिलाको सूचीको दोस्रो नम्बरमा बलिउड अभिनेत्री दीपिका पादुकोण परेकी छन् भने तेस्रोमा टेलिभिजनकी अभिनेत्री हिना खान छनोट भएकी छन्। सूचीको चौथौं स्थानमा महिरा खान परेकी छन्। ‘हरेक वर्ष मलाई भोट गरेर यो सूचीमा स्थान दिने फ्यानहरुप्रति आभारी छु। मैले कहिल्यै आफूलाई कामुक ठानिन्। तर, म विश्वास गर्छु जब तपाईले गर्नुहुन्छ त्यो कामुक हुन्छ,’ अभिनेत्री पादुकोणले भनिन्।

अनलाईन भोटिङ, मिडियाले दिएको स्थान र सामाजिक सञ्जालमा पाएको चर्चाका आधारमा एसियाको सर्वाधिक कामुक महिलाको सूची तयार गरिएको हो। इस्टर्न आइ इन्टरटेनमेन्टका सम्पादक असजद नाजिर भन्छन्, ‘शात्तिशाली र सशक्त महिलाहरु यस सूचीमा परेका छन्। हाल बलिउड अभिनेत्री आलिया भट्टलाई उछिन्ने कोही छैनन्। व्यवसायिक फिल्ममा प्रभुत्व जमाएकी उनलाई बलिउड फिल्महरुको महारानी बन्नबाट रोक्न कसैले सक्दैन्। उनी अभिनेत्रीमात्र नभएर आधुनिक युगकी सशक्त महिला हुन र शक्तिकी प्रतीक हुन्।’

सन् २०१९ को उत्कृष्ट १० को सूचीमा सुरभी चन्दना (पाँचौ), कट्रिना कैफ (छैठौं), सिवागीं जोशी (सातौ), निया शर्मा (आठौ), मेहविस हयात (नवौ) र प्रियंका चोपडा (दशौं) स्थानमा परेका छन्। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सूचीको ३९ औं स्थानमा परेकी छिन्।

दशकको कामुक महिलाको सचूी अभिनेत्री प्रियंका चोपडा (दोस्रो), माहिरा खान (तेस्रो) र कट्रिना कैफ (चौथौं)मा परेका छन्। यो सूचीमो फिडा पिन्टु (छैठौ), आलिया भट्ट (सातौं), अनुष्का शर्मा (आठौं), निया शर्मा (नवौ) र सोनम कपुर (दशौं)मा परेकी छन्। सो सर्वेक्षणअनुसार बलिउड अभिनेता ऋतिक रोशन दशकसँगै एसिकाको कामुक पुरुषको सूचीमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0