अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीद्धारा एनआरएन आईसीसी बैठकमा अपशब्द प्रयोग

अमेरिकाः अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएन आईसीसी बैठकमा अपशब्द प्रयोग गरेको छ । र्भखरै सम्पन्न अन्तराष्ट्रिय सम्मेलनबाट क्षेत्रीय संयोजक चयन भएका राजन त्रिपाठीले एनआरएन आईसिसि को ७० औं बैठकमा  महिलामाथि अपशब्ध प्रयोग गरेको बैठकमा सहभागीले बताए ।
बैठक चली रहेको बेला महिला उपाध्यक्ष रबिना थापा र आईसिसी महिला संयोजक भूमा सुब्बा बोल्दा (फतौरी आईमाई) भन्दै अपशब्द प्रयोग गरेपछि बैठकमा सहभागि अमेरिकाका आईसिसी सदस्य शंकर खडकाले आपत्ती जनाएका थिए । तत्पश्चातः आईसीसी महासचिव हेमराज शर्माले क्षेत्रीय संयोजक त्रिपाठीलाई माफि माग्न लगाएका थिए । महासचिव हेमराज शर्माको निर्देशन पछि क्षेत्रीय संयोजक त्रिपाठीले गल्ती महसुस गर्दै बैठकमा माफि मागेका थिए ।
उपाध्यक्ष रबिना थापासँग यो बिषयमा सोध्दा उनले भने, ‘हो, बैठकमा राजन जीले महिलामाथि अपशब्द प्रयोग गर्नु भएको थियो । महासचिवज्यूले माफि माग्न लगाएपछि उहाँले माफि माग्नु भएको हो ।’

यता, अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी सँग यो विषयमा फेसबुक मार्फत जानकारी लिने प्रयास गर्दा कुनै पनि जवाफ आएन ।

फोटो साभारः निजको फेसबुकबाट

WRITE COMMENTS FOR THIS ARTICLE