नेकपा सचिवालय बैठक सम्पन्न , ५ वटा कार्यसूची तय

काठमाडौं , २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयमा छलफल हुने बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE