काठमाडौं । गत आइताबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ६ किलोमा भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भयो । दुर्घटनामा परेका १९ जना घाइतेहरुको विभिन्न अस्पातलहरुमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार मंसिरमा मात्र मुलुकभर विभिन्न स्थानमा भएको दुर्घटनामा २६३ जनाले ज्यान गुमाए । २५ सयभन्दा बढी सर्वसाधरण घाइते भएका छन् । उनीहरुको अंगभंग भएको छ ।

यसरी बढिरहेको दुर्घटनालाई कम गर्न गर्ने ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम हाछेंथुको केही टिप्स छन् । ट्राफिक व्यवस्थापनमा कहलिएका हाछेंथुबारे एक समयका काठमाडौंमा एउटा भनाइ चर्चित थियो– जहाँ ट्राफिक जाम, त्यहाँ सीताराम ।

उनै हाछेंथुले सवारी साधन दुर्घटनालाई कमी गर्न दिएको १० वटा टिप्स् यस्ता छन्

१. चालकमा सक्षमता बढाउने । आकर्षक तलब र भत्तासहित प्रोत्सहन गर्ने ।

२. निजी र सार्वजनिक सवारी साधनको लाइसेन्स दिने विधि फेरिनु पर्छ ।

३. सार्वजनिक सवारी साधनका चालकलाई कम्तीमा एक महिना सचेताना प्रशिक्षण दिनुपर्छ । चालक चालक हुनुपर्छ, यमराज होइन ।

४. लाइसेन्स लिन पाउने उमेर हद बढाउनु पर्दछ । मोटरसाइकलका लागि १८ वर्षपछि अन्य गाडीका लागि २० वर्षपछि र ठूला गाडीहरुका लागि २५ वर्षपछि मात्र लाइसेन्स दिनुपर्छ ।

५ दुर्घटना बढी भएका सडकहरुको अध्ययन गरी ती ठाउँलाई कालोसूचीमा राख्ने । दुर्घटना बढी हुने कच्ची सडकमा गाडी चलाउन प्रतिबन्ध लगाउने । यस्तो स्थानमा बाटो नै परिवर्तन गर्नु पर्दछ ।

६. सडक संकेतहरु प्रभावकारी ढंगले प्रस्तुत गर्ने ।

७. कानुन प्रभावकारी रुपमा कार्यान्वयलाई गर्नुपर्छ ।

८. बाटोको अवस्थाबारे चालकलाई सवारी छुट्नुपूर्व जानकारी गराउने ।

९. सडक पूर्वाधारमा जोड दिने ।

१०. सवारी दुर्घटनाको जिम्मेवारी लिने व्यवस्था गर्नुपर्छ । सडक विभाग, चालक, सवारी धनी कसको गल्तीहरु त्यसअनुसार कारवाही गर्ने ।

– नागरिक खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0