file photo

काठमाडौ । अहिले दे’ह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्यनेपालमा  गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि ह’राएका थिए ।

उनीहरु चितवनमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लका अनुसार होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो । ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती धन्दामा संलग्न गराउने गरेको जानकारीका आधारमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । यस घटनामा सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि नियन्त्रणमा लिइएको छ । रोशिकाले ती युवतीहरुलाई काठमाडौं बाट फकाएर जुगेडीसम्म पुर्याएका थिँए । पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिइएको छ । अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0