चीनले जम्मु कश्मिर मुद्दालाई फेरि एक पटक छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषद्मा लैजाने

एजेन्सी । चीनले जम्मु कश्मिर मुद्दालाई फेरि एक पटक छलफलको लागि राष्ट्रसंघको सुरक्षा परिषद्मा लैजाने भएको छ ।

भारतले जम्मु कश्मिरलाई विशेष अधिकार प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेपछि यसअघि पनि जम्मु कश्मिर मुद्दा सुरक्षा परिषद्मा लगिएको थियो ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणकाअनुसार सुरक्षा परिषद्मा जम्मु–कश्मिर मुद्दालाई चीनले मङ्गलबार उठाउने बताइएको छ । भारत र चीनका उच्च अधिकारीहरू सीमा वार्ता गर्ने अन्तिम तयारीमा रहेका बेला चीनले सो मुद्दा सुरक्षा परिषद्म छलफलको लागि उठाएको छ ।

चीनले यसअघि गत अगस्ट १६ मा पनि जम्म कश्मिर विषयलाई सुरक्षा परिषद्मा उठाएको थियो ।

पाकिस्तानको आग्रहमा चीनले जम्मु कश्मिरलाई सुरक्षा परिषद्माक लगेको धेरैको आँकलन छ । यसैसाता चीनका विदेश तथा स्टेट काउन्सिलरमन्त्री वाङ यी र भारतीय प्रधानमन्त्रीका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भारतमा सीमा वार्ता हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE