पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं, १ पुस । पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ।

देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्था बारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।

संविधानको अपहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो आरोप पूर्ण रुपले निराधार हो । देशद्रोहको कुरा छोडौँ, मैले यो देशको निकै सेवा गरेको छु, युद्ध लडेको छु । र १० वर्षसम्म देशको सेवा गरेँ ।’ लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

भिडियोमा उनले संधिवानको अपहेलना सम्बन्धी मुद्दामा आफ्नो सुनुवाई नभएको बताएका थिए । उनले भनेका थिए, ‘मेरा वकिल सलमान सफदरलाई समेत अदालतले सुनेको छैन । मेरो विचारमा यो ज्यादती हो र मलाई न्याय भएको छैन ।’ इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

पाकिस्तानको इतिहासमा उनी पहिलो व्यक्ति हुन्, जसमाथि संविधानको अपहेलना गरेको मुद्दा लाग्यो । सन् २०१३ मा भएको चुनावमा जित निकालेपछि पाकिस्तान मुस्लिम लिग ९नवाज०० सत्तामा आयो । सत्तामा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफ विरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा नवाज सरिफ सरकारले दायर गरेको हो ।

मुशर्रफविरुद्ध गम्भीर देश द्रोहको मुद्दामा सुनुवाई गर्ने विशेष अदालतका प्रमुख चार पटक फेरिएका थिए । मुशर्रफ एकपटक मात्रै विशेष अदालत पुगेका थिए । सन् २०१६ मा स्वास्थ्यको कारण देखाउँदै विदेश गए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लिग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो । त्यसपछि उनलाई देश छोडेर जाने अनुमति दिइएको हो ।

उनी भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार भइरहेको छ । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE