काठमाडौं, २ पुस । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । काठमाडौं उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।

तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चले पनि यसलाई शितलहर भन्न नमिल्ने मौसमविद् वरुण पौडेलले बताउनु भयो । उहाँका अनुसार शितलहर हुनका लागि ४८ घण्टा लगातार हुस्सु वा कुहिरो लाग्नुपर्ने र औसतभन्दा ५ देखि ६ डिग्री सेल्सियस तापक्रम घट्नु पर्छ । अहिले यो अवस्था आइनसकेको तर चिसो चाहिँ बढेको उहाँले बताउनु भयो । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तापक्रम घट्न सक्ने मौसमविद् पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0