a}7sdf अध्यक्ष …प्रचण्डÚलगायत काठमाडौं,३० मङ्सिर M नेपाल sDo'lgi6 kf6L+{ -नेकपा_ स्थायी कमि6Lको बैठकमा ध"d|afराही पार्टी कार्यालयमा सोमबार सहभागी हुँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्डÚलगायत । तस्वीर M चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं, ३ पुस । सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमै केन्द्रित भएको छ। बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी छ।

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ।

बैठकमा पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए। त्यसपछि बुधबारसम्म नेताहरू देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीका विपक्षमा मत राखेका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले भने बुधबारको बैठकमा एमसीसी प्रस्ताव पारित गर्नैपर्ने बताए। ‘एमसीसी हामी सरकारमा आएपछि गरेको सम्झौता होइन। हामी सरकारमा आउनुअघिकै हो। अमेरिकाको यो परियोजनामा दर्जनौं साना राष्ट्र सहभागी छन्’, ज्ञवालीलाई उद्धृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने, ‘इन्डो प्यासेफिक २०१७ देखि मात्रै आएको हो। एमसीसी र आईपीएसको सम्बन्ध देखिन्न।’

मन्त्री ज्ञवालीले आफूले सूक्ष्म रूपमा अध्ययन गर्दा एमसीसी परियोजना आईपीएस जोडिएर आएको नदेखिएको बताएका थिए। ‘एमसीसी आईपीएसको अंग हुँदै होइन। हामी होसियारीपूर्वक अगाडि बढेका छौं,’ उनले भने, ‘आईपीएसलाई अगाडि बढाउँदा देशको हित हुन्छ।’

नेता पन्तले भने एमसीसी प्रस्ताव आईपीएससँगै जोडिएर आएको तर्क गरेका थिए। ‘यो आईपीएसअन्तर्गतकै अभिन्न अंगका रूपमा आएको छ। यस विषयमा प्रस्ट नभई हतारिएर जान खोज्दा अप्ठ्यारो हुनेछ,’ पन्तले भनेका थिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0