काठमाडौं । परालले छाएको सानो छाप्रो। परालले नै छाप्रो बारबेर गरिएको छ । चिसो भुइँमा परालकै डसना छ। त्यसमाथि पातलो सुकुल छ ।


छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ । यही छाप्रोमा सिरहा गोलबजार नगरपालिका–९ मुसहरी टोलका श्यामदेवी सदायको सातजनाको परिवारले शीतलहरको कष्ट सहिरहेको छ ।

छाप्रोमा चार छोराछोरी, वृद्ध सासू र श्यामदेवी दम्पती बस्छन् । जाडो छल्न उनले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेकी छन् । सोही टोलकी ७० वर्षीया मलभोगिया सदायले चिसो बढेपछि शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको बताइन् ।

चिसो बढेपछि अतिविपन्न बस्तीमा परालकै सिरक–डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0