नेकपा र राजपाबीच धुव्रीकरणः यसरी सम्भव भयो सहमती, प्रदेश २ को सरकारमाथि खतराको संकेत

काठमाडौ । राजपा र नेकपाबीच १० महिनाअघि टुटेको सम्बन्ध पुनः जोडिएको छ । टीकापुर घटनामाको आरोपमा राजपाका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला जिल्ला अदालत कैलालीले सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यसयता राजपा र नेकपाबीच खटपटको राजनीतिक सुरु भएको थियो । समर्थन फिर्ता लिनेवेला राजपाले सरकारमाथि मधेशी जनताको चाहना अनुसार संविधान संशोधन नगरेको, मधेस र थारुहट आन्दोलनका बन्दी रिहा र मुद्दा फिर्ता नगरेको भन्दै सरकारलाई गम्भीर आरोप लगाउँदै समर्थन फिर्ता गर्नुपरेको थियो ।

कसरी भयो सहमति ?

श्रोतका अनुसार, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेतृ हिसिला यमीलाई राष्ट्रिय सभामा लैजान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धेरै पटक छलफल गरेका थिए । छलफल सकारात्मक पनि थियो । यसै बीच समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजपामा नेता राजेन्द्र महतोलाई राष्ट्रिय सभा निर्वाचनमा समाजवादी र नेकपाबीच गठबन्धन गर्न छललफल अगाडि बढेको सामान्य जानकारी दिएका थिए । यसैबीच उपेन्द्र यादव  एक कार्यक्रममा भाग लिन बंगलादेश भ्रमणमा गएको बेला राजपाका नेताहरुले विभिन्न च्यानल प्रयोग गरी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्पर्क गरेका थिए । यता, प्रधानमन्त्री ओली पच्छिलो समय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको गतिविधिसँग गम्भीर असन्तुष्ट रहेका थिए ।

प्रधानमन्त्री ओलीले बारम्बार राजपाका नेताहरुलाई औपचारिक तथा अनौपचारिक रुपमा सरकारमा सहभागि हुन आव्हन समेत गर्दै आउनु भएको थियो । राष्ट्रिय सभामा गठबन्धनको विषयलाई लिएर प्रधानमन्त्री ओली राजपाका नेताहरुसँग सहमत भएपछि उपेन्द्र यादवसँग गठबन्धन गर्न बचन दिएका अर्का अध्यक्ष प्रचण्ड तत्काल राजपासँगको गठबन्धनको सहमतिलाई रोक्न सक्ने भेउ समेत पाउनु भएन ।

यता, राजपाका नेता राजेन्द्र महतो पनि उपेन्द्र यादवले बारम्बार राजपा र सपाबीच एकताको राग अलाप्ने तर एकता गर्न नचाहेको सुइँको पाएपछि मौकामा चौका हान्दै राजपा र नेकपाबीच प्रदेश २ मा राष्ट्रिय सभाको निर्वाचनमा एक अर्का दललाई सहयोग गरी जिताउन सहमत भएका थिए । केही समय अगाडि मात्रै सम्पन्न भएको उपनिर्वाचनमा पनि समाजवादी पार्टीले कतिपय ठाँउमा राजपालाई धोका दिएको राजपाका एक अध्यक्षले बताए ।

राजपाको अगाडि ‘डु एण्ड डाय’को अवस्था सृजना हुनु र अर्काे तर्फ समाजवादी पार्टीको राजनीतिक गेम प्लान स्पष्ट भएपछि राजपाका नेताहरुले रणनीतिक रुपमा नेकपासँग सहमती गरेर अगाडि बढ्नुको विकल्प नरहेको ठहर गरेपछि राजपाका ६ अध्यक्ष यो सहमतीका लागि एकमुष्ट रुपमा सहमत भएका थिए । यो सहमति यतिकैमा नरोकिने मधेश जानकारहरुको बुझाई छ । राजपा र नेकपाबीच यो सहमती अगामी निर्वाचन सम्म जाने आक्लन गर्न सकिन्छ । यो सहमतीको प्रभाव अबको केही समयपछि प्रदेश २ को सरकारमा पनि पर्ने देखिन्छ । श्रोतका अनुसार, संविधान संशोधन देखि प्रदेश २ को सरकार फेर्ने सम्म दुई दलबीच अनौपचारिक रुपमा सहमत भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE