राजेन्द्र महतो मधेशका चर्काे भाषणबाजी गर्ने र सत्तारुढ दलका नेताहरुमाथि कडारुपमा प्रस्तुत हुने नेता हुन । राजेन्द्र महताको निशनामा खासगरी नेकपा नेताहरु पर्ने गरेका छन् । उनले बारम्बार नेकपा नेताहरुमाथि चर्काे आलोचना गरी आर्कमण गर्ने गरेका छन् ।

संविधान जारी भएपछि भएको ६ महिना भन्दा बढी लामो आन्दोलनको समयमा नेता महतोले नेकपा लगायत नेपाली काँग्रेसका नेताहरुमाथि आरोप लगाउन केही पनि बाँकी राखेन ।

२०७१ पुस २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झगडा गरेर निस्किएका राजेन्द्र महतो मधेश आन्दोलनको घोषणा गर्दै झोलगुन्टी लिएर मधेश झरेका थिए । अधिकार प्राप्त नभएसम्म काठमाडौं नफर्किने भन्दै आफ्नो पार्टी कार्यालय समेत सारेका महतोले सबैभन्दा बढी ओलीको विरोध गरिरहेका थिए ।

मानौ, महतोले राज्य विरुद्धको आन्दोलन होइन, ओली विरुद्धको आन्दोलन शुरु गरेको भान हुन्थ्यो । आन्दोलन मधेश भर्सेज ओली भएको थियो । तर आन्दोलन चर्किरहेकै बेला प्रधामन्त्री भइसकेका ओलीले राजेन्द्र महतोलाई फोन गरेपछि सौर्य एयरलाइन्सबाट काठमाडौं आएर बालुवाटार गएर सुटुक्क भेटेका थिए ।
ओलीको विरुद्धमा आगो ओक्लिरहेका महतोले एकाएक आन्दोलन छाडेर ओलीलाई भेट्न काठमाडौं आएका थिए । त्यतिबेलादेखि नै ओली र महतोबीच साँठगाँठ रहेको चर्चा तत्कालीन मधेशी मोर्चामा चलेको थियो । बालुवाटारको त्यो भेटल दुईजनाको बीचमा यस्तो दोस्ती भयो कि ओलीले आफ्ना गठबन्धनका उम्मेदवारलाई हराएर जनकपुरमा महतोलाई सांसदमा जिताएका थिए ।

बालुवाटार श्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेता राजेन्द्र महतोबीच गहिरो सम्बन्ध छ । दुई नेताबीचको सम्बन्धको गहिराई सामान्य व्यक्तिले बुझन कठिन । उनीहरुबीचको यस्तो सम्बन्धको रहस्य के हो ? हामीलाई पनि ताजुव लागेको छ । जब जब राजपासँग कुनै विशेष डिल गर्ने बेला हुन्छ तब तब यि दुई नेताबीचको प्रेम र आशक्ति बाहिर प्रस्फुटन हुने गरेको छ ।

श्रोतले दिएको जानकारी अनुसार, २०७४ को निर्वाचनमा पनि काँग्रेससँग राजपाको गठबन्धन हुन नसकेपछि राजेन्द्र महतो कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित नभएपछि ओलीकै सल्लाहमा धनुषा काँग्रेस नेता विमलेन्द्र निधिलाई हराउने शर्तमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का एमाले माओवादी गठबन्धनका उम्मेदवार राम सिंह यादवलाई डमी उम्मेदवार बनाएर राजेन्द्र महतोलाई समर्थन गर्न लगाएका थिए । यस खेलमा धनुषाका अर्का धनाढ्य नेता रधुविर महासेठले पनि तन मन धनले सहयोग गरेको बताए ।

राजेन्द्र महतोको ओली प्रेम गजज्बको छ । अर्काे प्रसंग फर्के हेरौ । निर्वाचन सम्पन्न भएर ओली सरकार निर्माण हुने बेलामा तत्कालीन संघीय समाजवादी पार्टीले ओली र प्रचण्डसँग २ बुदें सहमति गरेर सरकारमा सहभागी भए । तर, राजपा नेपाल संसदमा ओली सरकारलाई बिना कुनै लिखित सहमति सरकारको पक्षमा मतदान गरेका थिए । त्यस बेला राजपाभित्र लिखित सहमति गर्नुपर्ने केहि नेताहरुको अडान रहे पनि ओलीप्रतिको लगावको कारण राजेन्द्र महतोले लिखित सम्झौता गरेर केही पनि नहुने बरु विना सम्झौता सहमति गरेर समर्थन गरे मधेशका जनतालाई कन्भींस गर्न सकिने तर्क प्रस्तुत गरेका थिए ।

राजपाकै केही नेताहरु राजेन्द्र महतो र ओलीबीचको सम्बन्धलाई लिएर संशकित हुने गरेका छन् । राजपाका बयोबृद्ध नेता महन्थ ठाकुर पनि बेलाबेलामा महतो र ओली कनेक्सनको बिषयमा शंका व्यक्त गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए ।

राजनीतिक जानकारको तर्क अनुसार, यहिले भएको यो सहमति हेर्दा सामान्य प्रकृतिको लागेपनि यसको दिर्घकालिन रणनीतिक योजना रहेको देखिन्छ । यो हठात भएको सहमति हुदैं होइन, यो रणनीतिको पछाडि ओलीको डिजाइनले काम गरेको देखिन्छ । ओलीले लामो जाल बुनेर राजपाका नेतृत्वलाई यो डिजाइनमा सहमत गराएका छन् ।

मधेशलाई फाइदा कि घाटा ?

हुनतः राजनीतिमा संख्यालाई महत्वपूर्ण मानिन्छ । तर, मधेशको राजनीतिक इमोनसनल बढी हुने गरेका छन् । मधेशका जनता मधेशी नेताहरुको जालमा सजिलै फस्ने गरेका छन् । पच्छिलो समय प्राय शिथिल अवस्थामा रहेको मधेशको राजनीति अहिले राजपा र नेकपाबीच भएको सहमतीले भाइव्रेन्ट भएको हो । यसमा एक हदसम्म उपेन्द्र यादवलाई झट्का लागेको छ ।

दलगत हिसावले हेर्ने हो भने, राजपालाई माथिल्लो सदनमा दुई सिट जोगाउने अवसर मिलेको छ । अथवा, पुनः दुई जनालाई सांसद बनाउन सफल हुने छन् ।

तर, मुद्दागत रुपमा हेर्ने हो भने, तत्काल राजपा वा सपाले भने जस्तै संविधान संशोधन हुने अवस्था छैन । अर्काे तर्फ, तत्काल कैलाली हत्याकाण्डको आरोपित सांसद रेशम चौधरीलाई नै जेलमुक्त गर्ने अवस्था छ ।

बरु, यसले प्रदेश २ मा पनि सरकार परिवर्तन गर्न सक्ने सम्भावनाका ढोकाहरु खुला गरेको छ । जानकारहरु संघीय सरकारमा राजपाको सहभागिता पनि यस्ते हठात हुने आक्लन गर्न थालेका छन् । राजेन्द्र महतो र ओलीबीच प्रेमले यो असम्भव भन्ने अवस्था छैन ।

रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0