काठमाडौं, पुस ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ दल नेकपासँग गरेको सहमति सरकारमा जानका लागि नभएको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा संयोजक महतोले राष्ट्रियसभामा आफूहरुको दुई सिट सुरक्षित गर्नका लागि नेकपासँग गठबन्धन गरेको बताए ।

अहिलेको गठबन्धलाई लिएर ‘राजपा सरकारमा जान लाग्यो’ भनी जनतामा भ्रम सिर्जना गर्न खोजिएको भन्दै नेता महतोले अड्कलबाजीहरुमा कुनै सत्यता नभएको दाबी गरे ।

संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ र कार्यकर्तामाथिको मुद्दा फिर्तासहितका माग पूरा नभएसम्म सरकारमा जान नसकिने उनको भनाइ छ ।

सरकार कानमा तेल हालेर बसेको छ

अर्को एक फरक प्रसंगमा नेता महतोले सीमा विवादको समस्या समाधान नगरेर सरकार कानमा तेल हालेर बसेको आरोप पनि लगाए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान गर्न सरकारले प्रमाणसहित कूटनीतिकरुपमा जिम्मेवार भएर लाग्नुपर्ने उनको सुझाव थियो । उनले आधार, प्रमाण र कूटनीतिक हिसाबले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

249Shares
 Share
 Tweet
 Pin
 Share
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0