प्रेमीकाे लिंग काट्ने युवती प्रहरी खाेरमा: बलात्कारको प्रयास गर्दा प्रतिरक्षा गर्दा लिङ्ग काटिएको दाबी

काठमाडौं, ७ पुस । काठमाडाैं प्रहरीले बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटनाकाे बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ ।

८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो । मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन् ।

युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए । आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए ।

अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी दाबी गरिएकाे छ ।

घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिंग काटेको भनेर नबुझ्न आग्रह गरेका छन् ।

विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती युवतीले लिंग काटिदिएकाे हुन् सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।

उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताइएकाे छ । ती युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरेकाे छ ।

बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरेका छन् ।

घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ । जाहेरी दिने हदम्याद नाघेको छैन । अझै पनि उनीहरूले जाहेरी ल्याउन सक्ने सिंहले बताएका छन् ।

गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो । घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको जनाइएकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE