समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैंः सरकारबाट बाहिरिने निर्णय गर्लान ?

काठमाडौैं  । समाजवादी पार्टीको संसदीय दलको बैठक बस्न लागेको छ । दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा चालु हिंउँदे अधिवेशन तथा संविधान संशोधन लगायत सरकार सञ्चालनको विषयमा छलफल हुने प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।

समाजवादी पार्टीले संविधान संशोधनको एजेण्डामा सहमति गरेर सरकारमा सहभागी भएको थियो तर हालसम्म त्यसको प्रकृया पनि शुरु भएको छैन । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रकृया शुरु गर्ने प्रस्ताव मन्त्रीपरिषदमा हिजो लग्नु भएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरि दिनुभयो । अको कदम के हुने त्यसको बारेमा पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।
सरकारमा मन्त्री हेरफेरको विषयमा पनि छलफल हुने बताइएको छ । श्रोतका अनुसार, समाजवादी पार्टीले सरकारमा बस्ने कि नबस्ने बारेमा पनि गम्भीर छलफल गरेर निर्णय लिने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE