उपेन्द्र यादवको अर्काे झुटः क्याबिनेटमा पेश गरेको प्रस्ताव ‘संविधान संशोधन थियो कि विज्ञ समुह गठन गर्ने प्रस्ताव ?

काठमाडौंः समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानूनी मन्त्रीको हैसियतमा क्याबिनेट भित्र संविधान संशोधनको मुद्दा प्रवेश गराउन खोज्दा प्रधानमन्त्रीद्धारा अपमानति भएको बताउनु भएको छ । उनले क्याबिनेटमा प्रस्ताव गरेको दुई बुदें प्रस्तावमा के के थियो त्यस्तो, जुन प्रस्ताव देखेर प्रधानमन्त्री ओली फायर हुनु भयो । मधेश जानकारका अनुसार, उपेन्द्र यादव केवल फेस सेभिङ्गका लागि मात्रै सो प्रस्ताव क्याबिनेटमा लगेको हो । उपेन्द्र यादव संविधान संशोधन होस भने भित्री मनसाय हुदैं होइन, उनको तर्क थियो ।

मधेश जानकारका अनुसार, उपेन्द्र यादवले पेश गरेको प्रस्ताव बरु उल्टै मधेशको संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्ने काम भएको छ । उनले पेश गरेको प्रस्तावमा कुन कुन मुद्दामा संविधान संशोधन गर्ने किटान नभएको भन्दै, बरु उल्टै संविधान संशोधनका लागि गनृु पर्ने सुधार र संशोधनको विषय पहिचान गर्न एक विज्ञ समिति गठन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावमा उक्त विज्ञ समितिले संविधान संशोधनको मुद्दा पहिचान गरी संशोधन प्रस्ताव पेश गर्ने उल्लेख रहेको छ । तसर्थ, उपेन्द्र यादवको नजरमा अहिले सम्म कुन कुन बुँदामा संविधान संशोधन हुने विषय ओझेल पारिएको छ । यो केवल राजनीतिक फेस सेभिङ्ग मात्रै हो ।

WRITE COMMENTS FOR THIS ARTICLE