आजको मौसम यस्तो छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन।

अहिले (शुक्रबार बिहान) देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE