सरकारको एक्सनः किसानको भुक्तानी नदिने मिल मालिकलाई खोरमा हाल्न पत्राचार

काठमाडौं: किसानलाई उखुको भुक्तानी नदिने अन्नपूर्ण चिनी मिल र महालक्ष्मी चिनी मिलका सञ्चालकहरुलाई नियन्त्रणमा लिन उद्योग मन्त्रालयले गृहलाई पत्राचार गरेको छ ।

गत तीन वर्षदेखिको पाउनु पर्ने उखुको भुक्तानी नपाएका सप्तरी र सिराहका उखु किसानहरु काठमाडौंको माइतीघरमा करिब १० दिनदेखि धर्ना दिइरहेका छन् । आफूले पाउनु पर्ने भुक्तानी माग गर्दै किसानहरु शुक्रबार उद्योग मन्त्रालयमा पुगेका थिए ।

भुक्तानी दिनुपर्ने अन्नपूर्ण र महालक्ष्मी चिनी मिलका सञ्चालकहरु भने अहिले फरार छन् । धर्नामा बसेका किसानहरु भने आफूहरुले पाउनु पर्ने रकम नपाएसम्म घर नफर्कने नताउदै आइरहेका छन ।

पटक–पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएका कारण गृहमन्त्रालयसँग समन्वय गर्नुपरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले न्यूज ट्वेन्टी फो टेलिभिजनलाई जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE