सरकारबाट हटेपछि उपेन्द्र यादवको धमकीः बराबरी अधिकार भएन भने ठूलो ज्वालामुखी विष्फोट हुने चेतावनी

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संविधानमा बराबरीको अधिकार अहिले पनि नभएको बताएका छन् । उनले यस्तै अवस्था रहीरहे ठूलो ज्वालामुखी विष्फोट हुने बताएका छन् ।

अध्यक्ष यादवले संविधान संशोधनका लागि सडक र सदनमा संघर्ष गर्ने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार आयोजित युवा संघको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब आफ्नो पार्टी सडक संघर्षलाई मजबुत बनाएर अगाडि बढ्ने बताए ।

उनले विभेद र असमानता रहेसम्म सडक र संसदमा संघर्ष जारी रहने बताए । ‘संविधान संशोधन गराउनकै लागि अब सडक र सदन दुबै ठाउँमा संघर्ष गर्छौं,’ उनले भने, “अब ठूलो संघर्ष हुन्छ ।”

संविधान संशोधन गराउन अब ठूलो बिद्रोहको आवश्यक्ता रहेको उनको भनाइ थियो । संविधान संशोधन गराउनकै लागि सरकारमा गएको र त्यही लक्ष्य लिएर सरकारबाट पनि बाहिरिएको यादवले बताए । –  मकालु खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE