प्रदेश २ः सत्तारुढ दलकै सांसदले मन्त्री र सरकारको धजिया उडाउँदै संसद अवरुद्ध गरे (भिडियो सहित)

काठमाडौंः प्रदेश २ को संसद भित्र सत्तारुढ दलकै सांसदले संसद अवरुद्ध गरेका छन् । सत्तारुढ दलका राजपाका सांसद उपेन्द्र महतोले सोमवार बसेको प्रदेश २ को संसदमा उपभोक्ता समितिको भुक्तानी हुन नसकेको भन्दै बारम्बार संसदको ध्यानार्कषण गराउँदा पनि सरकार मौन बसेको भन्दै यस्तो अवस्थामा संसद चल्न नसक्ने बताउँदै प्रतिपक्षी दलको सांसद सँगै संसद अवरुद्ध गरेका थिए ।

संसदमा उनले भने, सरकारमा रहेका मन्त्रीहरु किन अज्ञानी छ कि अटेर गरेर बसेका छन् । अब उपभोक्ता समितिले नै संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेको अवस्थामा सांसदहरु सरकारको पक्षमा वकालत गर्न नसकिने र उपभोक्ताको आन्दोलनका सरिक हुनु पर्ने बाध्यता सृजना भएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE